८ कार्तिक २०८३, शनिबार

मधेश सरकारबाट बाहिरने माओवादीको निर्णय

  • ९ जेठ २०८०, मङ्गलबार
Image

काठमाडौं- नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी नेतृत्वको मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादव गठबन्धनको मर्म र भावनाविपरीत चलेको, एकलौटी रूपमा कांग्रेबाट मन्त्री बनेकाहरूलाई शपथ गराउने निर्णय गरेको भन्दै माओवादी केन्द्रले प्रदेश सरकार छाड्ने निर्णय गरेको हो।

मंगलबार बिहान बसेको माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार छाड्ने निर्णय गरेको संसदीय दलका नेता भरत कुमार साहले जानकारी दिए। माओवादी एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको थियो।

मुख्यमन्त्री यादवले मंगलबार मात्रै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई पनि समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए। सरकार विस्तारका क्रममा माओवादी केन्द्रले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो। तर उसको दाबीअनुसार गठबन्धनमा भागबन्डा मिल्न सकेको थिएन।

मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारका क्रममा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रायको जिम्मेवारी दिएका छन्। यस्तै नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्दप्रसाद न्यौपानेलाई विनाविभागीयमन्त्रीको जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर