८ कार्तिक २०८३, शनिबार

प्रचण्डले भने : सरकारले युक्रेनलाई साथ दिएर गलत गर्‍यो

  • २३ असार २०७९, बिहिबार
Image

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रुस–युक्रेन युद्धबारे सरकारले पत्र पठाएको र युक्रेनको पक्षमा दिएको मतलाई लिएर सत्ता गठबन्धनमा गम्भीर कुरा भएको बताएका छन्।

केन्द्रीय समितिको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले सरकारले गठबन्धनका कसैसँग छलफल नगरी पत्र पठाएर गलत गरेको बताए।

उनले छिमेकी चीन र भारत जस्ता शक्तिशाली राष्ट्रले समेत रुसको पक्ष लिइरहेको बताए। युक्रेन युद्धले नयाँ शीतयुद्धतर्फ विश्वलाई लगेका प्रचण्डले बताएका छन्। 

‘रुस–युक्रेन युद्धबारे सरकारले जसरी पत्र पठायो, यो विषयमा गठबन्धनभित्र गम्भीर ढंगले कुरा उठाइएको छ, गलत भयो भनिएको छ,’ प्रचण्डले भने, ‘चीन र भारत, एउटा विशाल छिमेकी, उनीहरुले समेत युक्रेन युद्धबारे एउटा पक्ष लिएका छैनन्, भारतले त रुससँग निकटता प्रदर्शन गरिराखेको स्थिति छ। चीनले पनि खुलेर रुसलाई साथ दिएको स्थितिमा नेपाल जस्तो भूभागले यति संवेदनशील विषयमा त्यसरी मत दिनु हुँदैनथ्यो भनेर हामीले मत गठबन्धनमा राखेका छौँ।'

प्रचण्डले उक्त पत्र छलफल बहस भएर नगएको बताए। आउने दिनमा यस्ता कुनै निर्णय नगरियोस् भनेर खबरदारी गरिएको उनले बताए। 

‘रुस युक्रेन युद्धको असर विश्वभरी परेको छ। यो युद्ध नयाँ शीतयुद्धका रुपमा अगाडि बढेको छ। यसको सबैभन्दा बढी तेलको मूल्य बृद्धि भयो। नयाँ संकट सिर्जना गरेको छ', उनले भने। 

प्रतिक्रिया

सम्बन्धित खवर