८ कार्तिक २०८३, शनिबार

गृहमन्त्रीको पालिकामा कांग्रेसको अग्रता

  • १० जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं- गृहमन्त्रीको गृहनगरको पालिकामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ।

कांग्रेसका रामकृष्ण खाँणलाई नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन्। कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रामकृष्ण खाँण र एमाले तर्फबाट उम्मेदवार मोहन चापागाईले एकअर्कालाई पछि पार्ने क्रम चलिरहेको छ।

अहिले बिहान साढे ५ बजेसम्मको मत परिणाम अनुसार कांग्रेसका खाँण ६३ मत अन्तरले अगाडि छन्। खाँणले १० हजार ५६२ मत पाउँदा एमालेका चापागाईले १० हजार ४९९ मत पाएका छन्।

उपमेयरमा भने सुरुदेखि नै एमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरीको अग्रता कायम छ। उनले १० हजार २०१ मत प्राप्त गर्दै माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेलाई ५ हजार १८९ मत अन्तरले पछि पारेकी छन्। पाण्डेको पक्षमा जम्मा ५ हजार १२ मत परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर