रसुवा- रसुवाको प्रदेश सभा सदस्य क्षेत्र नम्बर १(१) मा कांग्रेसका प्रभात तामाङ निर्वाचित भएका छन्। उनी योसहित दोस्रो पटक निर्वाचित भएका हुन् ।
तामाङ ८ हजार १ सय ८६ मतसहित निर्वाचित भएका हुन्। तामाङका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार कूलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गरे। तामाङ २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation