काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको वडासमेत रहेको रुकुम पश्चिमको मुसिकोट नगरपालिका-५ नेपाली कांग्रेस विजयी भएको छ।
शर्माको वडामा कांग्रेसका समिरजंग मल्लले ५०८ मत ल्याएर विजयी भएका हुन्।
उनीसँग पराजित भएका माओवादी केन्द्रका सुशील गौतमले ४२४ मत ल्याएका छन्।
यस्तै नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री गोपालजीजंग शाहको वडा मुसिकोट नगरपालिका-१३ मा माओवादीले जीत हासिल गरेको छ।
माओवादी केन्द्रका खलबहादुर खडकाले ६८८ मत ल्याएर विजयी भएका छन्। यहाँ पराजित कांग्रेसका नवराज गिरीले ५९२ मत ल्याएका छन्।
मुसिकोट नगरपालिका ५ र १३ को परिणामले माओवादी र कांग्रेसका उच्च नेताले हार भोग्नुपरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation