८ कार्तिक २०८३, शनिबार

काभ्रेको तेमाल गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

  • ७ जेठ २०७९, शनिबार
Image

काभ्रे- काभ्रेको तेमाल गाउँपालिकामा नेपाली कांग्रेसका चन्द्रबहादुर तामाङ अध्यक्षमा र नेकपा माओवादी केन्द्रका दलमान थोकर उपाध्यक्षमा निर्वाचित भएका छन्।

तामाङले ७ हजार ७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ८७० मत ल्याए।

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका थोकरले ६ हजार ५५१ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेकपा एमालेका सम्तेन थिङले ४ हजार ९५२ मत प्राप्त गरिन् । यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर