९ कार्तिक २०८३, आइतबार

विश्वासको मत नपाए मध्यावधि चुनाव हुन्छ : मुख्यमन्त्री कार्की

  • १४ असार २०८०, बिहिबार
Image

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनी दिएका छन्। बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गरे।

‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’ उनले प्रश्न गरे।

आफू मुख्यमन्त्री भएको ६ महिनामा कहिँ पनि नचुकेको भन्दै उनले आफूलाई विश्वासको मत मत नदिए नदिनेहरुप्रति नै अविश्वास पैदा हुने बताए। ‘तपाईहरुले यो सरकारलाई विश्वासको मत दिनै पर्छ, कि एजेण्डा गलत छ, काम गर्न सकेको छैन भन्नुपर्‍यो’ उनले भने, ‘सबैथोक ठीक छ, विश्वासको मत दिन सक्दिन भन्ने हो भने तपाईहरुप्रति अविश्वास बढ्छ।’

प्रदेश संरचनालाई मुखै देखाउन नसक्ने गरी बदनाम गर्ने प्रयास गरिएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसप्रति विचार गर्न विपक्षी दलहरुलाई आग्रह गरे। उनले आफ्नो सरकार सफल भएको बताए ।सरकार ठिक ठाउमा रहेकाे र ठिक ढंगले अघि बढ्न सक्ने बताए। ४० सिट भएको आफ्नो दलले २ मन्त्री लिएर सरकार चलाउदा कुनै विवाद र समस्या नभएपनि साना दलमा विवाद देखिएको उनले बताए।

मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म राख्न नसकेको प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल भएको बताए। नामाङ्कनकाे विषयमा भएका विराेध र असन्तुष्टलाई सम्बाेधन गर्न छलफल सुरु भएको बताए। नामका विषयमा मन्त्री र प्रधानमन्त्रीले बाेल्दा प्रदेशको आन्दोलनमा घिउ थप्ने काम गरेको मुख्यमन्त्री कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर