८ कार्तिक २०८३, शनिबार

मेयर पदमा काँग्रेसको शतक पुरा, उपमेयरमा एमाले अगाडि

  • ६ जेठ २०७९, शुक्रबार
Image

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत नेपाली काँग्रेसले मेयर र उपमेयर पदमा मात्रै शतक पुरा गरेको छ । शुक्रबार बिहान १० बजेसम्म उपमहानगर तथा नगरपालिकाको मेयर पदमा मात्रै काँग्रेसका १०२ उम्मेदवार विजयी भएका हुन् ।

अझै पनि मेयर पदमा काँग्रेसका ३० उम्मेदवारको अग्रता कायमै छ । हालसम्म काँग्रेसले १७८ गाउँपालिकाको अध्यक्ष पद जितेको छ भने १० स्थानमा अग्रता कायमै छ । यस्तै काँग्रेसले ७६ उपमेयर तथा १७९ उपाध्यक्ष पनि जितेको छ । तर उपमेयरमा एमालेको संख्या धेरै देखिएको छ ।

हालसम्म एमालेका ७८ उम्मेदवार उपमेयरमा विजयी हुँदा उपाध्यक्षमा चाहिँ काँग्रेस नै अगाडि छ ।  उपाध्यक्षमा एमालेले ११७ स्थानमा विजय हासिल गरेको छ । मेयरतर्फ एमालेको जित संख्या ५९ र अग्रता १९ स्थानीय तहमा छ । यस्तै उपाध्यक्षमा ११५ र ७ स्थानमा अग्रता छ । माओवादीले भने २० मेयर र ९२ अध्यक्ष पद जितेको छ । सो पार्टीले २८ उपमेयर र ९० उपाध्यक्ष जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर