८ कार्तिक २०८३, शनिबार

काठमाडौंमा बालेनले स्थापितलाई पाँच हजार मतले पछि पारे

  • ४ जेठ २०७९, बुधबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको मत साढे ११ हजार पुगेको छ। ३० हजार ८४ मतपत्रको गणना गर्दा उनको मत संख्या साढे ११ हजार पुगेको हो।

मंगलबार दिउँसो ३ बजेसम्म शाहले ११ हजार ४७० मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार ३९० र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५ हजार ४९२ मत ल्याएका छन्।

काठमाडौंमा ३ लाख २४२ कुल मतदातामध्ये १ लाख ९१ हजार १८६ मत खसेको थियो। काठमाडौँमा अहिले ३, ४, ५, ६, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ। वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर