८ कार्तिक २०८३, शनिबार

माओवादीलाई अब देशको बागडोर लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

  • ६ साउन २०७९, शुक्रबार
Image

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा माआवादी केन्द्रले गर्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै उनले आगामी संघ र प्रदेशको निर्वाचनमा  माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताए। प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता/कार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए। 

उनले भने, “आउने निर्वाचनमा अब माओवादीलाई  देशको बागडोर लिनबाट कसैले रोक्ने छैन ।” उनले माओवादी बलियो नभए  मधेसी, आदिवासी, महिला मुस्लिम, श्रीजिवीको हक स्थापित हुन नसक्ने बताए ।

“अब पुनर्स्थापित हुने माओवादी नै हो। यो देशमा माओवादी पुर्नस्थापित भएन भने, माओवादी बलियो भएन भने संघीयता, लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन,” उनले भने । 

प्रतिक्रिया

सम्बन्धित खवर