८ कार्तिक २०८३, शनिबार

बन्दीपुरको अध्यक्षमा एमालेका थापा निर्वाचित, उपाध्यक्षमा पञ्चमायासँग २ मतले हारिन् करुणा

  • ३ जेठ २०७९, मङ्गलबार
Image

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेससँग माओवादी केन्द्र दुई मत अन्तरले पराजित भएको छ ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित थापाले ३ हजार २२९ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापाले ३ हजार १६६ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार ध्रुवलाल प्रधानले २ हजार ७८९ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पञ्चमाया गुरुङ ३ हजार २७ मत पाउँदै निर्वाचित भएकी छन् । उनीसँग माओवादी केन्द्रकी उम्मेदवार करुणा गुरुङ दुई मत अन्तरले पराजित भइन् । करुणाले ३ हजार २५ मत पाइन् ।

उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकी केशमाया गुरुङले १ हजार ५९५ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर