कास्की- गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
दुई विधेयक प्रमाणीकरण
प्रदेश प्रमुख गुरुङले दुई विधेयक प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेशसभाबाट पास भई आएका गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख गुरुङले प्रमाणीकरण गरेको प्रवक्ता अर्यालले जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation