२ वैशाख २०८१, आइतबार

रोकिएको बिपी साहित्य महोत्सव ३ गते हुने

  • १ असोज २०८०, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेसले स्थगन गरेको बिपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रम असोज ३ गते गर्ने निर्णय गरेको छ। सोमबार पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै रोकिएको महोत्सवको कार्यक्रम ३ गते हुने जानकारी दिएका हुन्।

नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि गत भदौ २६ गते कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको थियो। उनका अनुसार स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते बिहान १०ः ३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। 

उक्त दिन बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटो विषयमा महोत्सवमा छलफल हुनेछ।

गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार कांग्रेसले २४ गतेदेखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सवको आयोजना गरेको थियो।

कांग्रेसले अन्तिम दिनको कार्यक्रममा सहभागीका लागि राजनीतिक दल नेता,  लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम्  सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्ण  अनुरोध गरेको छ।



प्रतिक्रिया

सम्बन्धित खवर