काठमाडौँ । धरान उपमहानगरपालिकामा लौरो चुनाव चिह्न लिएर उठेका हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई कडा टक्कर दिन थालेका छन्।
बेरअघि धरान उपमहानगरपालिका ८ को १७ सय मतगणना सकिएको छ। मतगणनाअनुसार यहाँ मेयरमा लौरो बोकेर स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङ लोकप्रिय मत पाएका हुन्।
खसेको मतमध्ये १७ सय गन्दा साम्पाङले ६६७ मत ल्याएका छन्। यहाँ ४७७६ मत खसेको छ।
मेयरमा एमालेकी उम्मेदवार भण्डारीले ४४३ मत पाएकी छन्। गठबन्धनका किशोर राईले २९१ मत पाए। उपमेयरमा एमाले उम्मेदवार पदम इस्वोले ६१० मत पाए। गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ४९२ मत पाए।
मंगलबार बिहानसम्म साङपाङले एमाले उम्मेदवार मञ्जु भण्डारीलाई तेस्रोमा धकेलेर कांग्रेसलाई टक्कर दिन पुगेका हुन्।
पछिल्लो मतगणना विवरण अनुसार कांग्रेसका किशोर राईले ५४ सय २ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका साङपाङले ५१ सय १७ मत ल्याएका छन्। यी दुईबीचको मतान्तर अब २८५ मतमा झरेको छ।
यी दुईबीच मंगलबार सबेरै बिहान ६७१ मतको फरक थियो। उता एमालेकी मेयर उम्मेदवार भण्डारीले ४८ सय ७७ मतसहित तेस्रो स्थानमा रहेकी छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation