९ कार्तिक २०८३, आइतबार

तरुण दल भोलिको नेपाल चलाउने नेतृत्व हो : नेता प्रदीप पौडल

  • २५ फागुन २०७८, बुधबार
Image



काठमाडौँ  -नेपाली काँग्रेसका  नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हत्तियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् ।


नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, नेपाली कांग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै नेता पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हत्तियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका हुन् ।


उनले, सुसंस्कृती तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन कांग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए ।

पौडेलले भने, विधि पद्धत्तिभित्र बसेर औपचारिक बहसमा उभिन तरुण दलको आवश्यकता छ । काँग्रेसलाई बलियो बनाउने हो भने उसको सम्पूर्ण अंग बलियो बन्नु पर्छ ।


उनले कांग्रेसलाई बलियो बनाउनका पार्टीको मेरुदण्ड मानिएको तरुण दलललाई पनि अझै बलियो बनाउनुपर्ने औंल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर