१० असार २०८१, आइतबार

एमालेले राताे किताब च्यातेपछि पोखरा महानगरको नगरसभा अवरुद्ध

  • १० असार २०७९, शुक्रबार
Image

पोखरा- नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ। बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको हो। अपरान्ह्र ४ बजे बैठक सुरु भएपछि एमालेले उठेर विरोध जनाएको थियो ।

दलको नेता राधिका शाहीले रातो किताब बजेट अघि नै आएको विरोध जनाइन्। त्यसपछि नाराबाजी सुरु भयो। `बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएकाे छैन,´ उनले भनिन्, `रातो किताब कसरी आयो आजै ?´ 

उनले बैठक चल्न नदिने बताएपछि स्थगित भएको छ । मेयर धनराज आचार्यले भने रातो किताब नभई ड्राफ्ट मात्र बनाएको बताए । `यो रातो किताब हैन, ड्राफ्ट हो । छलफल पछि मात्र पास हुन्छ,´ उनले भने । शाहीले रातो किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेकेा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर