खाँदबारी- संखुवासभाको मकालु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मकालु गाउँपालिकामा गठबन्धनतर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पा तीन हजार १७ मत ल्याएर विजयी भएका हुन्।
उनका निकतम प्रतिद्वन्दी नेकपा (एमाले)का भरत कटुवालले दुई हजार ४७८ मत प्राप्त गरे। उपाध्यक्षमा गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का मनकला राई दुई हजार ७३९ मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी चमेली याम्फुले दुई हजार ३३ मत प्राप्त गरिन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation