८ कार्तिक २०८३, शनिबार

जनार्दन शर्मा र शक्ति बस्नेतको गृहनगरमा कांग्रेस–एमालेको अग्रता

  • १ जेठ २०७९, आइतबार
Image

सुर्खेत । नेकपा माओवादी केन्द्रका नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतको गृहनगरमै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

माओवादीको आधार इलाका मानिने रुकुम पश्चिमको मुसिकोट नगरपालिकाकामा कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । जनार्दन शर्माको गृहनगरसमेत रहेको मुसिकोटमा प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसका महेन्द्र केसीले १ हजार ६४६ मतसहित अग्रता लिएका छन् । माओवादीका बसन्त शर्माले १ हजार १४४ मत प्राप्त गरेका छन् ।

मुसिकोटमा नेपाली का‌ंग्रेस र नेकपा एमालले गठबन्धन गरेका छन् भने माओवादी र नेकपा एकीकृत समाजवादीको गठबनधन छ ।

त्यस्तै शक्ति बस्नेतको गृहनगर जाजरकोटको भेरी नगरपालिकामा पनि एमालेका चन्द्रप्रकाश घर्तीले अग्रता लिएका छन् । उनले अहिलेसम्म ११८१ मत पाएका छन् । माओवादी केन्द्रका गगनबहादुर खड्काले ११०८ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका नगर प्रमुखका उम्मेदवार कमान खड्का १०६७ मत ल्याएर तेस्रो स्थानमा छन् ।

भेरी नगरपालिकामा कांग्रेस र माओवादीकोबीच गठबन्धन छ । ०७४ को निर्वाचनमा भेरीमा एमालेकै उम्मेदवार  घर्ती मेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर