काठमाडौं- आर्थिक विधेयक २०७९ पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो।
यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो। छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation