१० असार २०८१, आइतबार

मुलुकले प्रचण्ड जस्तो साहसी प्रधानमन्त्री कमै पाउँछ : प्रदीप यादव

  • ६ चैत २०७९, सोमबार
Image

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले पुष्पकमल दाहाल प्रचण्ड जस्तो साहसी प्रधानमन्त्री कमै मात्र हुने टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा भएको छलफलमा भाग लिँदै यादवले यस्तो टिप्पणी गरेका हुन्। उनले सस्तो लोकप्रियताका लागि भत्ताहरू बाँड्दा अर्थतन्त्रमा समस्या पर्ने गरेको बताए। उनले बैंकिङ क्षेत्रमा पनि स्वार्थ बाझिने गरेको टिप्पणी गरे।

उनले प्रचण्ड नेतृत्वको सरकार विशेष परिस्थितिमा बनेको टिप्पणी गरे। प्रचण्डले यसपटकको आफ्नो कार्यकालमा पहिलेका अनुभवका आधारमा अझ बढी सकारात्मक भूमिका खेल्ने बताउँदै आएको यादवले स्मरण गरे।

प्रतिनिधिसभाका सदस्यहरूलाई प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै यादवले भने, 'पुष्पकमल दाहालजी जत्तिको साहसिक प्रधानमन्त्री कमै पाउँछ। एउटा खुला किताव हुन् यीनका मनमा केही रहँदैन।'


प्रतिक्रिया

सम्बन्धित खवर