८ कार्तिक २०८३, शनिबार

जिम्बावे 'ए' माथि नेपालको सानदार जित, सिरिज बराबरी

  • २१ वैशाख २०७९, बुधबार
Image

काठमाडौँ । नेपालले जिम्बावे ए माथि ८ विकेटको सानदार जित निकालेको छ।

१ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले  १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा गरेको छ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ८७ रन बनाए। ३४ बलमा ८ चौकासहित अर्धसतक पुरा गरेका उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे।

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गरेका थिए।

कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए। त्यसपछि क्रिजमा आएका बसिर अहमदले १५ बलमा १० रन बनाए।

त्यसअघि टस हारेर टियु मैदानमा ब्याटिङ गरेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो।

उसका लागि रोय कैयाले सर्वाधिक ४९ रन बनाए। टडिवानाशे मरूमानी २७, यस्तै ल्यूक जांगवेले २३ रन जोडे। ओपनर इनोसेन्ट कैयाले १४ तथा टोनी मन्योङ्गा २ रन बनाए।

पाहुना टोलीलाई सस्तैमा रोक्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले समान १-१ विकेट लिए।

तीन टी २० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो। तेस्रो खेल जितेसँग नेपालले श्रृंखला बराबरी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर