काठमाडौं - एकदिवसीय अन्तरराष्ट्रिय खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई २९३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनाएको हो।
पीएनजीका कार्लोस अमिनीले सर्वाधिक ७७ रन जोडे। १०३ बलमा उनले ६ चौका र एक छक्का प्रहार गरे। यस्तै पीएनजीका कप्तान असाद भालाले ६० रनको अर्धशतकीय पारी खेले।
उनले ५५ बलमा ११ चौका हिर्काए। अन्त्यतिर आक्रामक ब्याटिङ गरेका नोर्मान भानिउले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७ रन जोडे। ओपनर टोनी उराउले ३८, रिले हिकुरेले ३१ रन थपे।
नेपालका सोमपाल कामी, कमलसिंह र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए। सोमपालले ९ ओभरमा ८१ रन खर्चिए। उत्कृष्ट बलिङ गरेका दीपेन्द्रले १० ओभरमा ३० रनमात्रै खर्चे। उनले एक ओभर मेडन राखेका थिए।
सन्दीप लामिछाने र पवन सर्राफले समान १-१ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २९ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १३८ रन जोडेर खेलिरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation