१६ चैत २०८०, शुक्रबार

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

  • ८ जेठ २०८०, सोमबार
Image

काठमाडौं- नेपाल क्रिकेट संघ(क्यान) ले एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। सोमबार क्यानले जिम्बाब्वेमा यही असार ३ देखि २४ गतेसम्म हुने छनोट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।

नेपाल एक हप्ताको बन्द प्रशिक्षणपछि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका जानेछ। नेपालले एक हप्ताको तयारीपछि अन्तिम टोली घोषणा गर्नेछ। त्यसअघि नेपाली टोलीले मंगलबारदेखि बन्द प्रशिक्षण सुरू गर्ने छ। नेपालले गत चैतमा घरेलु मैदानमा भएको आइसीसी विश्वकप लिग २ त्रिकोणात्म्क सिरिज अन्तर्गतको खेलमा नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो।

विश्वकप छनोटमा नेपालसहित स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स र आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । १० टोलीलाई आईसीसीले २ समूहमा विभाजन गर्नेछ।

हरेक समूहको शीर्ष ३ टिमले सुपर सिक्समा स्थान बनाउनेछन् भने सुपर सिक्समा पुगेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्येबाट शीर्ष २ टोलीमा पुग्ने टिमले भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्।

नेपालको प्रारम्भिक टोलीः 

कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सुदिप जोरा, देव खनाल, किशोर महतो, सुर्य तामाङ, कमल सिंह ऐरि, श्याम ढकाल र अविनास बोहोरा


प्रतिक्रिया

सम्बन्धित खवर