काठमाडौं- लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र ल्याएको छ। शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
लोसपाले महिला मतदातालाई आकर्षित गर्ने गरी घोषणा पत्र ल्याएको छ। लोसपाले महिलाहरुलाई नि:शुल्क उच्च शिक्षाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ। त्यसैगरी घरेलु काममा सीमित महिलाहरुका लागि स्थानीय रुपमा उपलब्ध रोजगारका सुविधामा पनि प्राथमिकता दिइने लोसपाले जनाएको छ।
त्यसैगरी घोषणा पत्रमा लोसपाले महिलाका लागि सार्वजनिक यात्रा पूर्ण नि:शुल्क गरिने पनि उल्लेख गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation