८ कार्तिक २०८३, शनिबार

बढ्दैछन् युनियनका आकांक्षी, अध्यक्ष, महासचिव र कोषाध्यक्षका यी हुन् दाबेदार

  • २१ असार २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाल प्रेस युनियनको केन्द्रीय कमिटी आसन्‍न महाधिवेशनको तयारीका लागि व्यस्त छ। आइतार र सोमबार केन्द्रीय कमिटीका अध्यक्ष बद्री सिग्देलसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपासभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महतलाई भेटेर निमन्त्रणा दिएका छन्। 

यता विभिन्‍न पदहरुमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनिरहेको छ। प्रेस युनियनको महाधिवेशन यही साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ। महाधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन्। 

युनियनको अध्यक्षका लागि हालसम्म सरोज अधिकारी, शिव लम्साल, दीपक आचार्य, सन्तोष न्यौपाने, रामप्रसाद दाहाल, उमिद वागचन्‌लगायतले दाबी गरेका छन्। 

त्यसैगरी महासचिवमा केशव साउद, नकुल अर्याल, दीलिप पौडेल, रमेश वाग्‍ले, खिला कार्कीलगायतले दाबी गरेका छन्। कोषाध्यक्षमा पदमराज जोशी, मित्र भण्डारी र माधव धितालले दाबी गरिरहेका छन्। 

यसअघिको विधान अनुसार युनियनको ७३ जनाको केन्द्रीय कार्यसमिति भए पनि प्रस्तावित विधानमा भने सयभन्दा बढीको केन्द्रीय कार्यसमिति हुने बताइएको छ। स्रोतका अनुसार अध्यक्ष, महासिचव र कोषाध्यक्ष एक-एक रहेका छन्। अन्य पदमा भने दुई भन्दा बढी व्यक्तिहरु रहने गरी व्यवस्था गरिएको बताइएको छ।

प्रेस युनियनमा संस्थापनबाट अध्यक्षमा सरोज र महासचिवमा केशवको उम्मेदवारी, अरु को-केमा भिड्दैछन्?

प्रेस युनियनमा को-को बन्‍न पाउँछन् उम्मेदवार, यस्तो छ विधान

प्रेस युनियनको महाधिवेशन चटारो, कसको कुन पदमा दाबी?



प्रतिक्रिया

सम्बन्धित खवर