१० असार २०८१, आइतबार

गठबन्धनमा मिलेन सिटको भागबण्डा, अब के हुन्छ?

  • ९ भदौ २०७९, बिहिबार
Image

काठमाडौं- आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यहरूसहितको बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन्।

बिहीबारै दिउँसो साढे तीन बजे पुनः कार्यदलको अर्को बैठक बस्ने गरी बैठक सकिएको एक नेताले जानकारी दिए। ती नेताका अनुसार दिउँसो बस्ने बैठकमा भने कार्यदलका नेताहरूले सिट संख्यासहित प्रस्तुत हुने समझदारी छ।

‘बिहानको बैठकमा सैद्धान्तिक विषयहरूमा मात्रै छलफल भयो। दिउँसो फेरि अर्को बैठक बस्छ,’ ती नेताले भने, ‘सो बैठकमा सिट सख्यांको दाबीसहित प्रस्तुत हुने भन्ने छ।’ गठबन्धनको बैठकमा नागरिकता विधेयक, शान्ति प्रक्रियालगायत विषयमा समेत छलफल भएको छ। दलहरूबीच पटक-पटक छलफल भए पनि सिट बाँडफाँटको विषयमा भने दलहरूबीच अहिलेसम्म समझदारी बन्न सकेको छैन। 

प्रतिक्रिया

सम्बन्धित खवर