८ कार्तिक २०८३, शनिबार

महिलालाई मुम्बईमा लगेर बिक्री गर्ने ३२ वर्षपछि पक्राउ

  • ९ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौं- महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ। दुई महिलालाई भारतको मुम्बई कोठीमा बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।

थापालाई उदयपुरको कटारी नगरपालिका-३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र २५ हजार जरिवानाको सजाय सुनाइएको थियो। उनी घटनापछि  फरार थिए।

थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो। पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर