८ कार्तिक २०८३, शनिबार

प्रकाशरण महतले भने- चुनाव जितेर नुवाकोटमा विकासका थप काम गर्ने इच्छा छ

  • १९ साउन २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटको विकासका लागि काम गर्ने इच्छा व्यक्त गरेका छन्।

प्रवक्ता डा. महतले बिहीबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नुवाकोटको विकासका लागि काम गर्ने इच्छा रहेको बताएका हुन्। नेता डा. महतले नुवाकोटका जनताले आवश्यक ठानेमा आफू नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्नेसमेत बताए। 'छहरे–टोखा सुरुङ मार्ग निर्माण, बालाजु–ककनी सडक निर्माणलगायत नुवाकोटको विकासका लागि धेरै काम गर्न बाँकी छ, नुवाकोटबाट प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने मेरो इच्छा छ,' उनले भने। 

पूर्वपरराष्ट्रमन्त्री  डा महतले आफ्नो कार्यकालमा नुवाकोटका अधिकांश स्थानमा विद्युतीकरण गरेको स्मरण गरे। नुवाकोटमा कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने उनको भनाइ थियो। प्रवक्ता डा. महतले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म कायम राखेर जाने पक्षमा कांग्रेस रहेको स्पष्ट पारे।

उनले कांग्रेसले हरेक नेता कार्यकर्ताको योगदान, क्षमता, लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका हुन्। पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर