काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्। अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औं राष्ट्रिय भेला तथा प्रशिक्षण’मा उनले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताए।
‘सत्तापक्षले संसद्मा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार छौं, वार्ताका लागि हामी तयार छौं’, उनले भने। अध्यक्ष ओलीले भारतलाई विवादमा पार्न नहुने स्पष्ट पारे। उनले भने, ‘मित्र राष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ। त्यो कुरा भारतलाई पनि थाहा छ। भारत त्यस्तो कुरा भन्दैन भनेको पनि छैन।’
ललितानिवास प्रकरणमा जो–जो दोषी छन् तिनलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ। अध्यक्ष ओलीले भने, ‘ललिता निवास प्रकरणमा को–को दोषी छन्, छानबिन गरे हुन्छ। त्यो कुरा सरकारले बाहिर ल्याउनुपर्छ।’ अहिले पनि संघर्षको आवश्यकता नटरेको उल्लेख गर्दै उनले भने, ‘नचाहेर पनि हामीमाथि दमन हुन्छ र हामी त्यसको प्रतिवादमा उत्रिनुपर्छ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation