काठमाडौं- साउदीमा हराएका एक जना नेपालीलाई भेटाएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ।
अप्रिल १९ तारिखको रातिदेखि रियादको बथा भन्ने ठाउँबाट साह हराइरहेको हुँदा भेटाउनेलाई दूतावासमा खबर गरिदिन आग्रह गरेको हो।
साह डिप्रेसनको सिकार भएको र कसैसँग पनि नबोल्ने गरेको दूतावासले जनाएको छ। उनलाई उद्धार गरेर दूतावासको शेल्टरमा राखि घर पठाउने तयारी भइरहेको बेला हराको हो दूतावासले जनाएको छ।
राति शेल्टरमा सबै सुतिरहेको समयमा उनी भागेको हुनसक्ने दूतावासको भनाइ छ। दूतावासका अनुसार उनको एक्जिट भिसा पनि आइसकेको छ।
उनलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा दूतावासको फोन नम्बर ०५०००७६७९४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ। साहको नेपाल घर कुन ठाउँमा हो भन्ने कुरा खुलेको छैन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation