काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल हुने भएको छ । मुम्बईमा पौने ८ बजेदेखि सुरु हुने खेलमा सनराईजर्स हैदरावाद र गुजरात टाइटन्स भिड्ने छन् ।
गुजरात आज लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । हैदरावाद आज दोस्रो जितको खोजिमा हुने छ । यसअघि गुजरातले ३ खेलमा सतप्रतिशत जित निकालेर ६ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ। उता हैदरावाद ३ खेलमा १ जितका साथ मात्र २ अङ्क जोडेर आठौं स्थानमा रहेको छ।
हैदरावाद र गुजरात पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । नवप्रवेशी गुजरातको कमान हार्दिक पाण्डेले सम्हाल्ने छन्। हैदरावादको कप्तानी केन विलियमसनले गर्ने छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation