१० असार २०८१, आइतबार

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा

  • २९ भदौ २०८०, शुक्रबार
Image

काठमाडौं- एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा एसियन गेम्स खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको हो। एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’मा रहेको छ।

नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्ससँग खेल्ने छ। एसियन गेम्समा क्रिकेट खेलहरु टी–२० फर्म्याटमा हुनेछन्। नेपाली टोलीमा कप्तान पौडेलसहित करन केसी, प्रतिस जिसी, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी, विवेक कुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर