८ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभा बैठकमा आज यी मन्त्रालयको छलफल

  • २७ जेठ २०७९, शुक्रबार
Image

काठमाडौं- प्रतिनिधि सभाको शुक्रबार पनि बैठक बस्दैछ। शुक्रबारको बैठकमा प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शिर्षकहरूमा छलफल सम्भावित कार्यसूची रहेको छ। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा समेत विश्वविद्यालय ज्ञान बाँढ्ने थलो हो कि आन्दोलन वा तालाबन्दी गर्ने थलो हो भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए। 

बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको छलफलमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल गरिएको हो।

छलफलमा सहभागी सांसद राजेन्द्र गौतमले त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दीको संस्कारबाट कहिले मुक्ति पाइएला भन्ने जिज्ञासा राखे। अर्का सांसद योगेश भट्टराईले पनि विश्वविद्यालयभित्र फैलिएको तालाबन्दीको रोगको उचित निरुपण गर्न सरकारको ध्यानाकर्षण गराए। 

सांसद भट्टराईले शेयर धितोकर्जामा लगाइएको सीमा नभत्काउन आग्रह गरे। केही शीर्ष नेताको बोलीका कारण शेयर बजार प्रभावित भएको भन्दै सुधारका लागि तत्काल पहल थाल्नुपर्नेमा उनको जोड थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर