१९ वैशाख २०८१, बुधबार

वुमेन्स वर्ल्डकप २०२३ : ब्राजिल बाहिरियो, फ्रान्स र जमैका अर्को चरणमा

  • १८ साउन २०८०, बिहिबार
Image

काठमाडौं- फ्रान्स र जमैकाले वुमेन्स वर्ल्डकप २०२३ को अन्तिम १६ को यात्रा तय गरेको छ।

समूह ‘एफ’ मा ब्राजिल भने भाग्यमानी रहेन। उपाधिको दाबेदार मानिएको ब्राजिल लिग चरणमै रोकिएको छ। निश्चित जित आवश्यक परेको खेलमा ब्राजिल जमैकाको हातबाट गोलरहित बराबरीमा रोकियो।

जमैका भने पहिलो पटक महिला विश्वकपको नकआउट चरण पुगेको छ। अर्को खेलमा फ्रान्सले पानामालाई ५–३ ले हरायो।

फ्रान्स तीन खेलबाट सात अंकसहित समूह विजेता रह्यो। जमैका पाँच अंकमा दोस्रो स्थानमा रह्यो भने ब्राजिल चार अंकमै सीमित रह्यो। पानामा भने सबै तीनै खेलमा पराजित रह्यो र शून्य अंकमै सीमित रह्यो।

प्रतिक्रिया

सम्बन्धित खवर