९ कार्तिक २०८३, आइतबार

शपथलगत्तै अर्थमन्त्री महतले गरे पदभार ग्रहण

  • १७ चैत २०७९, शुक्रबार
Image

काठमाडौं- अर्थमन्त्रीमा नियुक्त भएर शपथ लिएलगत्तै अर्थमन्त्री डा.प्रकाशशरण महतले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर मन्त्री महतले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्नहण गर्दै मन्त्री महतले पहिलो निर्णयका रुपमा नगद प्रवाहसम्बन्धी समति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन्। सरकारको नगद प्रावाह अनुसार हरेक महिना कति आम्दानी भयो? कति खर्च भयो? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने हुन्छ। त्यसमा आधारित रहेर समिति गठन गर्ने निर्णय अर्थमन्त्री महतले गरेका हुन्।

अर्थमन्त्री महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताए। पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले मस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर