९ कार्तिक २०८३, आइतबार

उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन कांग्रेसको निर्देशन

  • २८ चैत २०७८, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ।

पार्टी केन्द्रीय कार्यालयले आइतबार सवै जिल्ला तथा प्रदेश समितिलाई परिपत्र गर्दै विधान अनुसार क्रियाशील सदस्य तथा लाभको पदमा बसेका पार्टी सदस्यहरूले पार्टीलाई बुझाउनु पर्ने लेबी तथा सहयोगबाहेक अन्य कुनै पनि शुल्न लिनु विधान विपरितको काम भएको जनाएको छ।

पार्टीले स्थानीय तह निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा पनि शुल्क लिने गरेको जानकारीमा आएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर