९ कार्तिक २०८३, आइतबार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • १५ वैशाख २०७९, बिहिबार
Image

काठमाडौं- सरकारले सातामा दुई दिन शनिबार र आइतबार दुई दिने सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागु हुने गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्‍चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

उनले हाल परीक्षणका लागि उक्त निर्णय गरिएकोसमेत बताएका छन्। 

उनले भने, 'हाललाई परीक्षणको रुपमा ९:३० देखि ५:३० कार्यालय समय कायम गर्ने र सातामा दुई दिन शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।' 

त्यसैगरी बाहिर हल्ला भएजस्तो अहिले मुलुकमा आर्थिक संकट नभएको बताएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर