काठमाडौँ । नेकपा एमाले दोलखाले गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित बन्नुभएका जनप्रतिनिधीहरुलाई प्रशिक्षण बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी दोलखाको आयोजनामा शनिवार सदरमुकाम चरिकोटमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी सबै जनप्रतिनिधीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नागरिकहरूको पक्षमा घर दैलो मानै पुगेर नागरिकको सेवा गर्न र स्थानीय तह सञ्चालन सम्बन्धी कानुनको अधीनमा रही कार्य गर्नका लागि अध्यक्ष श्रेष्ठले निर्देशन दिए । जनताहरूको हित विपरीत र व्यक्तिगत स्वार्थको आदरमा पार्टीको निर्याण विपरीत जनप्रतिनीधीहरुले काम गरे पार्टीले जुनसुकै कदम चालन सक्ने समेत उनले बताए ।
गत स्थानीय तह निर्वाचनमा सक्ताको आडमा बुथ कब्जा र धाँधली गरेको प्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण गरेको छ । नेकपा एमाले विभिन्न स्थानीय तहमा पराजित भए पनि आगामी दिनहरूमा पार्टीलाई सुदृढ गर्दै लैजाने र आउँदै गरेको संघ र प्रदेशको निर्वाचनका लागि तयारी गर्न नेकपा एमाले दोलखा कार्यकताहरुलाई आग्रह गरेको छ ।
नेकपा एमाले दोलखाले जिल्लाको स्थानीय तहहरूमा नेकपा एमालेका नवनिर्वाचित प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, अध्यक्ष तथा वडा सदस्यहरूलाई खादा र अबिर लगाई जिल्लाका अध्यक्ष नर बहादुर श्रेष्ठ, एमाले पोलिटब्युरो सदस्य एवं पुर्वमन्त्री पार्वत गुरुङ, नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, केन्द्रीय सदस्य रचना खड्का, बागमती प्रदेश कमिटी सदस्य लगायतले आगामी ५ वर्षीय कार्यकालको लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा जिल्लाका अध्यक्ष नर बहादुर श्रेष्ठ, एमाले पोलिटब्युरो सदस्य एवं पुर्वमन्त्री पार्वत गुरुङ,नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल,केन्द्रीय सदस्य रचना खडका लगाएतलकै मन्तव्य व्यक्त गरेका हुन् ।