८ कार्तिक २०८३, शनिबार

अमेरिकाले मनोनित गर्‍यो नेपालका लागि नयाँ राजदूत

  • १७ चैत २०७८, बिहिबार
Image

काठमाडौं - नेपालका लागि संयुक्त राज्य अमेरिकाले नयाँ राजदूतको मनोनय गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले विदेश मन्त्रालयमा हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्ने प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी डिन थम्पसनलाई नेपालका लागि नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।

अहिले रहेका राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिन लागेपछि अमेरिकाले नेपालका लागि नयाँ राजदूतको मनोनयन प्रक्रिया सुरु गरेको हो। यही क्रममा सेप्टेम्बर १५, २०२१ यता अमेरिकी विदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको पदमा कार्यरत थम्पसनको नियुक्ति प्रक्रिया सुरु गरिएको हो। 

नेपालस्थित अमेरिकी नियोगमा काम नगरेपनि उनीसँग दक्षिण एसिया क्षेत्रका भारत, बंगलादेश र श्रीलंकास्थित अमेरिकी नियोगहरूमा काम गरेको अनुभव छ।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार उनले सन् २०११ देखि २०१५ सम्म नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यको कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए।

थम्पसन २५ वर्षयता अमेरिकी बिदेश सेवामा कार्यरत छन्, जो पछिल्लोपटक अमेरिकाको मलेसियास्थित दूतावासमा उपनियोग प्रमुख थिए। थम्पसनले अमेरिकाको पाराग्वे र रोमानियास्थित दूतावासमा पनि काम गरे।


प्रतिक्रिया

सम्बन्धित खवर