८ कार्तिक २०८३, शनिबार

उद्योग मन्त्रालय नपाएपछि खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा

  • १७ चैत २०७९, शुक्रबार
Image

काठमाडौं- जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन्। मन्त्रिपरिषद् पुनर्गठनका क्रममा रोजेको मन्त्रालय नपाएपछि खानले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राजीनामा बुझाएका हुन्।

मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय या कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दाबी गरेको थियो। तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका छन्।

जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो।


प्रतिक्रिया

सम्बन्धित खवर