काठमाडौं - नेकपा एमाले दैलेखको अध्यक्षमा रवीन्द्रराज शर्मा पुन: विजयी भएका छन्।
सातौं जिल्ला अधिवेशनबाट शर्मा अध्यक्षमा पुन: विजयी भएका हुन्। बुधबार भएको निर्वाचनमा उनले ४ सय १४ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्प्रर्धी सूर्यबहादुर शाहीले २ सय ६५ मत प्राप्त गरे।
७ सय २१ मताधिकार रहेको दैलेखमा ६ सय ८४ मत खसेको थियो। यस्तै, उपाध्यक्षमा प्रेम बुढा, सचिवमा तिलक रिजाल, उपसचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल विजयी भएका छन्।
गत पुसमा २३ गते सम्पन्न निर्वाचनमा फर्जी मत खसालिएको भदै विवाद भएपछि एमाले केन्द्रीय निर्वाचन आयोगको प्रत्यक्ष निगरानीमा बुधबार फेरि मतदान गरिएको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation