९ कार्तिक २०८३, आइतबार

कैलालीमा दुई जनाको शव भेटियो

  • १८ वैशाख २०७९, आइतबार
Image

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुई जना मृत अवस्थामा भेटिएका छन् । आइतबार सो सामुदायिक वनमा उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको बताए। जोशीले दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका जनाइएको छ।

प्रहरीका अनुसार उनले अस्मितासँग दोस्रो विवाह गरेका हुन्। अमर र अस्मिता केही दिन घोडाघोडी नगरपालिका–५ मा आफ्ना आफन्तको घर बसेको खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर