काठमाडौं- नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ मात्र १० सिट जितेको एकीकृत समाजवादीले दलको नेता चयनका लागि दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ।
मिनभवनस्थित पार्टी कार्यालयमा बस्ने बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई चयन गर्ने लगभग पक्का छ।
समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन नसके पनि प्रत्यक्षतर्फबाट न्यूनतम १० सांसद जितेकाले एकीकृत समाजवादीले प्रमुख सचेतकको सुविधा पनि पाउनेछ।
एकीकृत समाजवादीको आइतबार सचिवालय बैठक बसेको थियो। सोही बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो। आज संंसदीय दलको नेता चयन गर्ने र आगामी सरकार गठनमा दलको तर्फबाट खेलिने भूमिका बारेमा निर्णय लिने एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुषालले जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation