काठमाडौं - बूढानीलकण्ठमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन्।
नगरपालिका-१३, चुनिखेलमा उदयपुर घर भएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा) को हत्या गरेका हुन्।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार श्रीमानले श्रीमतीलाई दाउले प्रहार गरेर हत्या गरेका हुन्।
बिहीबार राति पौने १२ बजे सामान्य घरायसी विवादमा घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइतेलाई तकाल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
घटनालगत्तै फरार रहेका भक्तलाई पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation