काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गर्दै छ। ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन्।
कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ। यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझावसमेत लिने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
डा. महतका अनुसार कांग्रेसको नेतृत्वमा हासिल उपलब्धिबारे जनतालाई जानकारी गराउने, एमसीसीबारेका भ्रमलाई चिर्ने र विगतको सरकारका पालामा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राख्ने पनि डा. महतले बताए।
चुनावी अभियानका लागि कांग्रेसका प्रतिनिधिहरु जिल्ला–जिल्लामा खटिइसकेका छन्।
कांग्रेस नेता प्रकाशमान सिंहले अभियानको क्रममा जनताबाट संकलन गरिएका सुझावको आधारमा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर निर्णय लिइने बताएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation