८ कार्तिक २०८३, शनिबार

कांग्रेस बैठकमा अर्थमन्त्री शर्मालाई हटाउन माग

  • १४ चैत २०७८, सोमबार
Image

काठमाडौं- कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गरिएको छ। बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग्नु पर्ने बताएका हुन् ।

अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने स्नेहीले बताए। अर्थतन्त्र सुधारमा आवश्यक पहल कदमी नलिएको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न स्नेहीले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग माग गरे।

स्नेहीले चुनावी तालमेल गर्न नहुने मत राखेका छन्। कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले एकतावद्ध रूपमा पार्टी पंक्ति निर्वाचनमा जुट्नुपर्ने उनको भनाइ थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर