काठमाडौं- प्रजातन्त्र दिवसको अवसरमा शुभारम्भ भएको लोककलम डटकमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन्।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देश दिँदै लोक कलम डटकम समाचार पोर्टल सुरु भएकोमा खुसी व्यक्त गरेका छन्।
उनले शुभकामना सन्देशमा भनेका छन्, '२००७ सालको प्रजातन्त्र प्राप्तिको जगमा त्यसपछिको राजनीतिक, सामाजिक र आर्थिक क्रान्ति र सुधार सम्भव भएको हो। सञ्चार क्षेत्रको सुधारमा पनि २००७ सालकै प्रजातन्त्रको मुख्य भूमिका छ। स्वतन्त्र पत्रकारिताले नै लोकतन्त्रलाई बलियो बनाउँदै समुन्नत मुलुक बनाउन सहयोग पुर्याउँछ।'
प्रधानमन्त्री देउवाले विकाससँगै पत्रकारिताका विभिन्न फरक माध्यमहरु आएको उल्लेख गर्दै अनलाइन पत्रकारितामार्फत जनतालाई सही, सत्य र तथ्यपरक समाचार पस्किएर लोक कलमले परिपक्व पत्रकारिता गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।
लोक कलम डटकमको उद्घाटन शनिबार गृहमन्त्री बालकृष्ण खाणले गरेका हुन्।
.jpg)
© Lok Kalam . Designed and Developed by Goldenmud Creation