८ कार्तिक २०८३, शनिबार

गाडीबाट लडेको अवस्थामा मृत भेटिए कलाकार जयनन्द लामा

  • ११ फागुन २०७८, बुधबार
Image

काठमाडौं- लोक गायक तथा कलाकार जयनन्द लामा घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत भेटिएका छन्। लामा अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको मृत अवस्थामा भेटिएको जानकारी दिए।

उनका अनुसार बुधबार बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत भेटिएका हुन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए। पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर