८ कार्तिक २०८३, शनिबार

पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते

  • १० चैत २०८०, शनिबार
Image

२०८० चैत १० शनिवार

काठमाडौँ- तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन्। जिल्लाको म्याग्दे गाउँपालिका ६ शेराटारमा शनिबार बिहान पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका हुन्।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस सडकको दायाँ साईडमा पल्टिँदा त्यसमा सवार २६ जना यात्रुहरुमध्ये ६ जना चिनियाँ पर्यटक घाइते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घाइतेहरुको हाल जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचार भइरहेको छ ।

चालकलाई नियन्त्रणमा लिई दुर्घटना सम्बधमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर