१६ चैत २०८०, शुक्रबार

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु

  • ५ पुष २०७९, मङ्गलबार
Image

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको बेला क्षेत्रमा अवस्थित ग्यास भर्ने पसलमा सिलिन्डरमा ग्यास भर्ने क्रममा विस्फोट हुँदा उक्त हताहती भएको हो। विस्फोटसँगै पसल वरपर भीषण आगो लागेको थियो।

आगोमा परी २५ जना घाइते भएको तथा तीमध्ये १२ जनाको मृत्यु भएको हो। घाइेतहरूलाई तत्काल दक्षिण बन्दरगाह सहर कराँचीको सिभिल अस्पताल भर्ना गरिएको थियो।

उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। अधिकांश घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

विस्फोटबाट सुरु भएको आगोले ग्यास भने पसलमा राखिएका अन्य सिलिन्डर पनि विस्फोट हुँदा नजिकैका चारवटा पसल तथा ‘पार्क’ गरिएका १२ वटा सवारीसाधन ध्वस्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर